आज देशभरको मौसम कस्तो रहला ?



काठमाडौं। आज (बिहिबार) दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ।

कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी, मधेस, वागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्