सुर्खेत। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा बोल्दै नेता नेपालले सरकार कुनैपनि हालतमा नढल्ने बताएका हुन्।
’कसैले पनि चुरीफुरी धेरै नगर्नुहोस्। उनले भने, ‘कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो।’ अध्यक्ष पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए।
उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए। ’नेपालमा भ्रष्टाचारी व्याप्त रहेको छ। हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ,’ उनले भने,’देशमा भइरहेका बेथितिको विरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने छ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।