कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। प्रवक्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निकास बूढानीलकण्ठमा बैठक सुरु भएको हो।

उनले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियसभा अध्यक्षको निर्वाचन र कांग्रेस महासमिति बैठकको बारेमा छलफल हुन्छ।’ उनका अनुसार आजको बैठकले राष्ट्रियसभाको उम्मेदवार कसलाई बनाउने भन्नेबारे व्यापक छलफल गर्नेछ यसबाहेक सात दलीय सत्ता गठबन्धन टुट्नको कारणबारे पनि सभापतिले जानकारी गराउने छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्