मन्त्रिपरिषद् पुनर्गठन : कुन मन्त्रालयमा को आउँदै छन् ? (सूचीसहित)



काठमाडौं। नयाँ गठबन्धनबाट मन्त्री बनेकाहरूको शपथ बुधबार अपराह्न ५ बजे हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीहरूलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।

सत्ता गठबन्धनको भागबन्डामा एमाले ८, माओवादी ५, रास्वपा ४ र एकीकृत समाजवादी २ मन्त्री पाएका छन्। उक्त दलहरूले मन्त्रीको नाम पनि सिफारिस गरेको छ। उक्त सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले आज १४ जनाले शपथ लिनेछन्।

यस्तो छ मन्त्रीहरूका कार्यविभाजन :

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्