केही समय होमवर्कमा रहनेछौं, धैर्य गर्नुस् : गृहमन्त्री लामिछाने



काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको उल्लेख गरेका छन्।

शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। “चेक लिस्ट“ सहित आएका छौँ। कम्प्रोमाइज हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा गएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्