रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कमिटीको बैठक सोमबार (फागुन २८ गते) मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए।

रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो। त्यस्तै इलाम-२ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार छनोटबारे पनि छलफल गर्ने रास्वपाको तयारी छ ।

एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्