समाजवादी शक्ति निर्माणमा जुटौँ : उपेन्द्र यादव



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन्।

यादवले उत्पीडित नेपाली जनताको बलिदानी र सङ्घर्षले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन्। मुलुकमा विद्यमान भेदभाव, अशिक्षा, गरीबी, बेरोजगारीलगायतका समस्याबाट मूक्ति दिलाउने हामी सबैको कार्यभार भएको उनले बताए।

उक्त अवसरमा सर्लाही हरिपुरका सुशील महराको नेतृत्वमा करिब एक सय युवा जसपा प्रवेश गरेका छन्। नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन्।

पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको पहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्