राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाल निर्वाचित



काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन्। कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्।

आज भएको मतदानमार्फत उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका हुन् दाहालसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्मा भने पराजित भए। मतदानमा ५६ सांसदको सहभागिता रहेको थियो। जसमा अध्यक्षमा निर्वाचित दाहालले ३९ र शर्माले १७ मत प्राप्त गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्