गठबन्धन र सरकारमा नजाने जनमतको निर्णय



काठमाडौं। जनमत पार्टीले तत्काल नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। फागुन २३ गते बसेको सचिवालय बैठकले सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको राष्ट्रिय प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

राजनीतिमा नयाँ समीकरण बनेसँग मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विश्वासको मत लिँदैछन्। सोही सन्दर्भमा निर्णय लिन बसेको उक्त बैठकले वर्तमान सत्ता सहकार्यमा नजोडिने पनि निर्णय गरेको उनले जानकारी दिए। अघिल्लो गठबन्धनको सरकारमा भने जनमत पार्टी सहभागी थियो।

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा जनमत पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको उनले जानकारी दिए। त्यस्तै, गत माघ ८ गते सप्तरीमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय भएको पनि उनले बताए।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाज पार्टी, एकीकृत समाजवादीले वर्तमान सरकारलाई समर्थन गरेका छन्। नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी विपक्षमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्