उद्योग वाणिज्य सङ्घ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई  स्वागत



कृष्णनगर । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्वासी, दलित भूमिहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य सङ्घ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए । 

सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पुँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरी काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमिहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ । 

उद्योग वाणिज्य सङ्घ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख बन्दरगाहको लागि पहल गर्नु ध्यानाकर्षण गरेका छन् । उनले कृष्णनगर मुख्य व्यापारिक केन्द्र भएको बताउँदै बजारीकरण गर्नुपर्ने बताए । उनले सुकुम्वासी, दलित भूमिहीन, अव्यवस्थितलाई लालपुर्जा उपलब्ध गराई बासको व्यवस्थामा ध्यान दिनुपर्नेमा जोड दिए । 

यस्तै कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्री वास्तव, वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगर मुख्य व्यापारिक केन्द्र र औद्योगिक क्षेत्र भएकोले केन्द्र सरकारबाट पहल गरी कृष्ण नगरको विकासमा जोड दिन आग्रह गरेका थिए ।  

घनश्याम अग्रहरी,  विक्रम अग्रहरी, सत्य नारायण अग्रहरी, दीपक कसौधन, रेनु शर्मा, नारायण कनोडिया, नुर मोहम्द, वृजेश कुमार गुप्ता, राहुल मोदनवाल लगायत धेरैको सहभागिता रहेको थियो। कार्यक्रममा उद्घोषक प्रहलाद पाण्डेय रहेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्