गोप्य भेटघाटको दौडधुपमा पुर्वराजा



सैघाली खबर
काठमाण्डौ , ५ चैत । केही समय अघि पश्चिम नेपालको भ्रमणमा निस्किएका पुर्वराज ज्ञानेन्द्र शाह हिजो आज पुर्वी नेपालको यात्रामा छन । उनको भ्रमण सामान्य देखिएका पनि गोप्य भेटघाटलाई गरेको खुलासा भएको छ । भ्रमणको क्रममा पुर्वराजाले राप्रपाका नेता तथा कार्यहरु संग गोप्य भेटघाट गर्ने गरेका छन ।

भ्रमणका क्रममा झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै घटकका नेताहरुले गोप्य भेटवार्ता गरेका छन्। २० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका शाहसँग उतै पुगेर राप्रपाका तीनै घटकका नेताहरुले सामुहिक भेटघाट गरेका हुन्।

पूर्वराजासँगको भेटमा राप्रपाको तर्फबाट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह (विराटनगर) सहभागी थिए। यसैगरी पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बाट महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्य थिए।

डा .प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलपनि सहभागी रहेका थिए । गत निर्वाचनमा पराजय बेहोरेका तीनै राप्रपाका नेताहरु यतिबेला पार्टी एकताको प्रयासमा छन्। यस्तो बेला नौ नेताहरुले झापा पुगेर पूर्वराजासँग गरिएको भेट अर्थपूर्ण मानिएको छ।

पूर्वराजासँग भेट गरेका उपरोक्त नेताहरु पार्टी अध्यक्षसँग त्यति सन्तुष्ट छैनन्। त्यसैले, अध्यक्षहरुलाई विस्थापित गर्ने योजनास्वरुप पूर्वराजासँग भेट गरेको हुनसक्ने स्रोतको दावी छ। उनीहरुले गत निर्वाचनमा तीनै पार्टीले भोगेको पराजय र कारणबारे पूर्वराजालाई जानकारी गराएका थिए। चुनावी परिणामप्रति शाहले पनि चिन्ता व्यक्त गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्