एकदिने निशुल्क दात परिक्षण शिविर सञ्चालन



अमिता चौधरी,
दाङ,५ चैत । घोराही उपमहानगरपालिका २ रामपुरमा एकदिने निशुल्क दात परिक्षण शिविर सञ्चालन भएको छ । रजत मेडिकल सेन्टर प्रा ली घोराहीको समन्वय तथा ठाकुर प्रसाद अधिकारी र भुवनेश्वर बुढामगरको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका २ रामपुरमा रहेको नवचेतना शैक्षिक बोडिङ स्कुल रामपुरमा निशुल्क विद्यार्थीहरुको दातको स्वास्थ परिक्षण गरीएको हो । जहा छ सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रध्यानाध्यापक खेमराज खनालले जानकारी दिनुभएको छ । विद्यार्थीको स्वास्थलाई मध्यनजर गदै उक्त शिविर सञ्चालन गरेको खनालले बताउनुभयो ।
विद्यार्थीहरुको दातको परिक्षण गर्ने क्रममा एक सय पचास जनाको दातमा किरा लागेको तथ्याङक प्राप्त भएको छ भने पच्चीस जनाको गिजामा समस्या देखिएको र अन्य विद्यार्थीहरुको
दातको स्वास्थमा सामान्य रहेको डाक्टर विनिता श्रेष्ठले जानकारी दिनुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्