चुनावी सुरक्षामा उच्च सर्तकता ।।



असार ४

 

police
सरकारले दोस्रो चरणको चुनावका लागि सुरक्षा ब्यवस्था कडा पारेको छ । गृह मन्त्रालयले तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह प्रवक्ता दीपक काफ्लेले सबै आज मनोनयन दर्ता गर्ने स्थान र मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर १ लाख ६३ हजार ८ सय २३ सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिनुभयो । मधेसका जिल्लाहरूमा निर्वाचन अस्वीकार गरिरहेको राजनीतिक शक्तिहरूले विरोध गर्ने र मनोनयन दर्तामा अवरोध गराउन सक्ने सम्भावनालाई मध्यनजर गरेर थप सुरक्षाकर्मी पठाइएको छ । मन्त्रालयले निर्वाचन सुरक्षाका निम्ति पूरक सुरक्षा योजना नै तयार गरेको छ । प्रदेश ५ का तराईका जिल्लामा विषेश निगरानी बढाइएको छ । राजपाले नवलपरासी सहित रुपन्देशी, कपिलबस्तु लगायतका जिल्लामा आन्दोलन आन्दोलन केन्द्रित गरेको छ । आज पनि केही ठाउामा विरोधसभा गरिने राजपाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्