चिया बेचेर मासिक २० लाख



सैघाली खबर,
एजेन्सी– २०१४ मा भारतीय लोकसभा चुनावमा ‘चायवाला’ शब्दले निकै चर्चा पाएको थियो । जव मानिसलाई थाहा भयो कि नरेन्द्र मोदीले शुरुवाती दिनमा रेलवे स्टेशनमा चिया बेच्थे । विस्तारै–विस्तारै आफ्नो मिहिनेतले उनी प्रधानमन्त्रीसम्म पुगे ।

अहिले भारतको महाराष्ट्रमा यस्तै ‘चायवाला’ चर्चामा छन् । चर्चामा यसकारण कि, नवनाथ येव नाम गरेका यी व्यक्ति चिया बेचेर महिनाको २० लाख कमाउँछन् । नवनाथले बुवाको सपना पुरा गर्न ‘येवले अमृततुल्य’ चिया पसल शुरु गरेका थिए । उनी आफ्नो चियालाई अन्तराष्ट्रिय पहिचान दिन चाहन्छन् ।

पुणेमा रहेको ‘येवले टी हाउस’ स्टल यहाँका जनताबीच निकै चर्चित छ । यहाँ १० रुपैयाँमा एकै खाले चियाँ पाउछ । मालिक नवनाथका अनुसार, उनको पसल पुणेको सवैभन्दा भीडभाडवाला इलाका मानिने ‘शुक्रवार पेठ’ मा छ । यो चिया पसल १८ देखि २० घण्टासम्म खुल्छ । यहाँ दैनिक ६० हजारजतिको चिया विक्छ ।

नवनाथ येवले भन्छन्, ‘हामीले बर्ष २०११ मा यो काम शुरु गरेका थियौँ । चार बर्ष अनुसन्धान गरेपछि हामीले चियाको एक क्वालीटि तय गरेका थियौँ । एक सेन्टरमा एकै दिन तीन देखि चार हजार कप चिया विक्री हुन्छ । हामी १०० जति स्टल खोलेर यो चियालाई अन्तराष्ट्रिय ब्रान्ड दिन चाहन्छौँ । हामीले चिया बेचेर धेरै भन्दा धेरैलाई रोजगार दिन चाहन्छौँ । म खुसी छु, हाम्रो काम लगातार बढिरहेको छ ।नवनाथ आफ्नो कामबाट उत्साही छन् । आफ्नो चियालाई अन्ताष्ट्रिस्तरमा चिनाउन चाहन्छन् । अहिले तीन ठाँउ स्टल छन् । यहाँ १२ जनाले रोजगारी पाएका छन् ।यो चिया पसल अरुका लाथि प्रेरणा बनेको छ, जो आफ्नो पेशा शुरु गरेर त्यसलाई कमाईको माध्यम बनाउन चाहन्छन् ।

सन १९८३ मा नवनाथका बुवाल चिया पसल खोलेका थिए । पछि नवनाथले पनि चिया पसललाई नयाँ तरिकाले अगाडि बढाए । रातोपाटीबाट

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्