काठमाडौं । हालै गरिएको एक अध्ययनले यौंन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ । हालै गरिएको एक अध्ययनपछि यस्तो सार्वनिक गरिएकोहो ।
अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको तथ्य फेला परेको हो ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयका सहप्राध्यापक मिसेले डोउरिनले अध्ययनका क्रममा सेक्स सम्बन्धी छाडा सन्देश पठाउँदा झुटो बोल्ने गरेको पाएको बताइन् ।
पार्टनरालाई खुसी तुल्याउन यस्तो झुटो बोल्ने गरेको अध्ययनमा सहभागीले बताएको मिसेले बताइन ।
त्यसैगरी पुरुषलाई खुसी तुल्याउन पनि महिलाले यौन सम्बन्धी झुटा कुरा बोल्ने गरेको अध्ययनका क्रममा देखियो ।
अनुसन्धानकर्ताहरुले कलेजका १५५ जना छात्रछात्राबीच यस्तो अश्लिल सन्देशका विषयमा अध्ययन गरेका थिए ।
६२ जना महिला र ९३ जना पुरुषले यो अध्ययनमा सहभागिता जनाएका थिए ।
महिलाहरुले पुरुषलाई मुडमा ल्याउनका लागि झुटो यौनजन्य सन्देश पठाउने गरेको बताइएको छ ।
यो अध्यन जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।