बलात्कारबाट माफी पाउन बहिनी सुम्पीएपछि



पाकिस्तानमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जुन कुरा सुनेर मानिसहरु अचम्म परेका छन् ।

पञ्जाव प्रान्तमा १२ जना यस्ता मानिसलाई पक्राउ गरिएको छ । जसले बलात्कारबाट माफी पाउन पीडित महिलाका दाजुलाई आफ्नी बहिनी सुम्पेका थिए ।

डन न्यूजका अनुसार एक व्यक्तिले टोबाटेकसिंह जिल्लामा एक महिलालाई बलात्कार गरेका थिए । पिडक पक्षका परिवारले पिडीतका परिवासित माफी मागे । तर अचम्मको कुरा के छ भने पिडीत परिवारले माफी दिन त माने तर एउटा सर्त तेर्साए ।

सर्त के थियो भने पिडीत महिलाका दाजुले पिडक पुरुषको बहिनीलाई त्यही कृत्य गर्ने छन् जुन उसको बहिनीलाई गरिएको थियो ।
यो सर्त दुवै परिवारले मन्जुर गरे र २१ मार्चका दिन बलात्कारी पुरुषको बहिनीलाई पीडित महिलाका दाजुले बलात्कार गरे ।

यो कुरा तव सार्वजनिक भयो जव प्रहरीले उनीहरुले आपसमा कुनै उजुरी नगर्ने कागजमा हस्ताक्षरगरि एक पक्षले अर्कोपक्षलाई दिएको कागज फेला पार्यो ।
प्रहरीले माथिल्लो निकायमा सवै कुरा बताएपछि माथीकै आदेशमा यसमा संलग्न दुवै पक्षका गरि १२ वनालाई गिरफ्तार गरेको छ । समाचारमा जनाइए अनुसार पञ्जाव प्रान्तमा परिवारकै सहमतिमा बलात्कारको बदलामा बलात्कार नै भएको यो दोश्रो घटना हो । गतवर्षपनि गाँउको एक पञ्चायतले एक १६ वर्षीय किशोरीलाई बतात्कार गर्ने अनुमति दिइएको थियो ।

किनकी उसको दाजुले एक १२ वर्षीयलाई बलात्कार गरेको थियो । पीडितका परिवार र पञ्चायत गर्ने गाँउका भलाद्मी भनिएका ४० जनाको अघिल्तीरै यो बलात्कार गराइएको थियो ।  एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्