सम्पत्ति खान नक्कली नागरिकता बनाउन खोज्दा लफडा



नागरिकता बनाउन झुटो विवरण पेश गर्न साक्षी बस्ने पोखरा–१० का वडा सदस्य सम्मर बहादुर श्रेष्ठ र पूर्व वडा अध्यक्ष मनबीर गुरुङ ढासा, तत्कालीन वडा सचिव नवराज थापासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा मोरङका मिलन परियार, उनकी सासु मनकुमारी पोखरा-१० का वडा सदस्य सम्मर बहादुर श्रेष्ठ , पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराज थापा, गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङ रहेका छन् ।

उनीहरुलाई घर ज्वाई बसेका मोरंगका मिलन परियारलाई पोखरा-१० बस्ने धनजित परियार र मनकुमारी परियारको छोरा भनी नागरिकता लिन सिफारिश गरेको तथा साक्षी बसेको आरोप लगाइएको छ ।

आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै धनजीत परियारले जिल्ला प्रहरी कार्यालय काझुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दैस्कीमा उजुरी दिएपछी उनीहरु पक्राउ परेका थिए । आफु रोजगारीका क्रममा विदेश रहेका बेला ज्वाइ मिलन र श्रीमती मनकुमारीले २०७० साल पुस १७ गते झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती मनकुमारी र मिलनविरुद्ध उजुरी दिएका थिए ।

उजुरी छानबिनका क्रममा प्रहरीले नागरिकता बनाउन झुटो विवरण पेश गर्न साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्राप्त समाचार अनुसार, झुठो विवरणका आधारमा धनजीत र मनकुमारी परियारको छोरा बनेर नागरिकता लिएका ज्वाई मिलन परियारले छोरा सरह अंश मागेपछि धनजित परियारले उनीहरु बिरुद्ध प्रहरीमा उजुरी हालेका थिए । ज्वाँई मिलनले एक दिन रक्सी खाएर ससुरा धनजीतसँग अंश मागे । अंश नदिए उल्टो उजुरी दिने भन्दै धम्काएका थिए l

मोरङ घर भएका मिलन विदेश जान नागरिकता बनाएको भन्ने खुल्न आएको छ । घर टाढा भएको हुनाले पोखराबाट छिटो हुने भनेपछि सासु आमा मनकुमारीले नागरिकता बनाई दिएको प्रहरी स्रोतले बतायो । दुई पटक वडा अध्यक्ष भईसकेका ढासा समाजसेवी हुन भने वडा सदस्य श्रेष्ठ लायन्स क्लव लगायत दर्जन बढी सामाजिक संघ संस्थाको आबद्ध छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्