खानेपानी संकट बढ्दै, घोराहीमा दैनिक २४ लाख लिटर पानी अभाव



गिरिराज नेपाली
दाङ , १९ चैत । चैत महिनाको आधाँउधी दिन भर्खर सकिदै छ । त्यो संगै गर्मी पनि चर्किदैछ । गर्मी संगै खानेपानीको समस्या पनि दिनपिच्छे बढ्दै छ । जसका कारण स्थानीय बजारवासीहरु खानेपानी समस्या ग्रसित बन्दै गईरहेका छन । गर्मीयामको शुरु सगै पानीका मुहान सुक्दै जानथाले पछि घोराही बजारमा खानेपानीको समस्या दिनानुदिन थपिदै गईरहेको छ । भने बजारवासीहरु ट्याङकर वाट पानी बोकी वाध्यतामा टार्नुपर्ने स्थिती शुरु भएको छ ।

घोराही उपमहानगरपालिकाको वडा नं. १४ र १५ मा खानेपानीको अभाव चुलिदै गइरहेको छ । यि दुवै वडा बजार क्षेत्रभित्रको वडाहरु हुन । जहाँ वसोवासको हिसावले अन्य क्षेत्रभन्दा दोब्बर जनघनत्व छ । खानेपानीको समस्याका कारण भान्सादेखी शौचालय सम्मको अप्ठ्यारो खेप्नुपरेको स्थानीयहरुको पीडा छ । स्थानीय कलावती घर्तीले धारामा पानी आउदैन् भातभान्सा किनेर टारे पनि नुहाइधुवाइ निकै अप्ठ्यारो परेको बताउनुभयो । स–साना बच्चाबच्चीको लुगाफाँटो धुन र नुहाउन मुस्किल परेको उहाँको भनाई छ । जसका कारण न नुहाइ, नधुवाइ बस्नु परेको उहाँले भनाई छ ।

गर्मी संगै पानीको धेरै चाहिने भए पनि आवश्यक पानी नआउदा दैनिक कष्टकर बन्दै गईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पानी किने कति खाने दुईचार दिन तँ हो । ’ उहाँले पोहोर खानेपानीको दुःख निकै भएको बताउदै फेरी पनि उही दुःख दोहोरीदै थालेका बताउनुभयो । भर्खर गर्मी शुरु हुदाँ पानीको दुःख शुरु हुन थाल्यो । बैशाख÷जेष्ठमा अझै कस्तो दुःख होला । उहाँले भन्नुभयो – ‘ खानेपानी योजनाहरु ठूला– ठूला खुल्ने समाचारहरु देखिन्छ । तर वर्षेनीको समस्या उही छ । ’ जसले उपभोक्ता हौस्याउने सेवा नदिने गरेको बताउनुभयो । गर्मीयाम शुरु संगै खानेपानी समस्या सर्वसाधरणहरु पीडा बनेको छैन । व्यापारिक र अस्पताल अन्य क्षेत्रका पनि समस्या बन्ने गरेको छ ।

घोराही बजार क्षेत्रमा दैनिक खानेपानीको आपूर्ति हुने गरे पनि माग अनुसार पूर्ति हुने सकेको छैन । पानीको मुहान सुक्दै जानु , उपभोक्ता थपिदै जानु , दिर्घकालीन वैकल्पीक उपायको खोजी नहुनु र वढ्दो वर्यावरणिय विनाश बढ्दै जानुले माग अनुसारको खानेपानी पु¥याउने नसकिएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवहाक प्रमुख तथा कोषाध्यक्ष ध्रुव केसीले बताउनुभयो । दैनिक ३६ लाख लिटर पानी उत्पादन हुने गरे पनि जनसख्याको हिवासले घोराही क्षेत्रमा ६० लाख लिटर पानी आवश्यक रहेका उहाँले बताउनुभयो । जसका कारण आधाँ माग पुरा गर्न सकिएको उहाँले बताउनुभयो । गर्मीयाम संगै पानीको मुहान सुक्दै जनसख्या थपिदै जानाले पानी अभाव बढ्दै गईरहेको उहाँले भनाई छ । खासगरी भरतपुर , बुद्धि ग्यारेज , रतनपुर , टाउनप्लान ,पुरानो बसपार्क , नयाँ बसपार्क र अन्य केही भित्री वस्तीहरुमा प्राय खानेपानीको अभाव देखिने भएकाले त्यसको समाधानका ला िकेही उपयुक्त विकल्पको खोजी गरिहेका उहाँले बताउनुभयो ।

उहाँले खानेपानी मुहान सुकेर मात्रै नभई पछिल्लो समय भइरहेका सडक विस्तारले पनि केही प्रभाव पारेको बताउनुभयो । सडक विस्तारका क्रममा खानेपानी पाइप लाईन काटिएकाले उपभोक्ताहरुले केही अर्काे असहजता थपिएको उहाँको भनाई छ । खानेपानी समस्यामा सडक विस्तारले केही वाधाँ पु¥याउदा पनि उपभोक्ता माथि चुनौती थएिको देखिन्छ ।

बैशाख महिनाभर चौविस घण्टा पानी
आगामी वैशाख महिनाभर घोराही खानेपानीले २४ सै घण्टा खानेपानी सेवा दिने भएको छ । घोराही क्षेत्रभित्र रहेका खानेपानी मुहानहरुको उत्पादन क्षमता , पाइपलाईनको परिक्षण र २४ सै घण्टा पानी दिदा के कति सहज र अप्ठ्याराहरु देखिने रहेछन भनि परिक्षणकालका लागि एक महिदा २४ घण्टे सेवा दिन लागेको कोषाध्यक्ष धु्रव केसीले वताउनुभयो ।

भण्डार गरी खानेपानी पु¥याउदा अभाव देखिएको भन्ने कुरालाई संस्थालाई गहन रुपमा लिए जति उत्पादन उती खपत गर्ने तरिकाले २४ घण्टे सेवा पु¥याउन लागेको उहाँले बताउनुभयो ।

वर्षेनी मुहान सुक्दै
वढ्दो पर्यावरणिय विनाशले घोराही क्षेत्रमा आयातित मुहानमा वर्षेनी प्रतिसेकेण्ड ३ लिटर पानी सुक्दै गईरहेको सस्थाका कोषाध्यक्ष ध्रुव केसीले बताउनुभयो ।पर्यावरणिय विनाशले डिप वोरिङ र खोलाको मुहानहरु सुकाउदै जान थाले पछि चैत महिनामा मात्रै दुई÷तिन लिटर पानी घटेको उहाँले बताउनुभयो । जसका लागि संस्थाले दिर्घकालिन उपायको खोज गरीरहेको उहाँले वताउनुभयो ।

उहाँले कटुवाखोलामा जलाशय युक्त वाँध र बबईको पानी लिफ्टीङ गरी घोराहीमा ल्याउने प्रारम्भीक योजना रहेका उहाँल्े बताउनुभयो । जसले खानेपानी अभावलाई पूर्ण रुपमा अन्त्य गर्ने उहाँले बताउनुभयो । हाल घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ६ हजार ,२ सय ३ धाराहरु दर्ता रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्