पेट्रोलियम पदार्थको मुल्यबृद्धि



सैघाली खबर

काठमाडौँ । २० चैत । नेपाल आयल निगमले मध्यराती देखी लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्