आजको राशिफल : बि.स.२०७४ चैत्र २१ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल ०४ तारिख । नेपाल सम्बत् ११३८ ।



 बि.स.२०७४ चैत्र २१ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल ०४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि चतुर्थि ३० घडी ५४ पला,बेलुका ६ बजेर १५ मिनेट उप्रान्त पंचमी । नक्षत्र बिशाखा,६ घडी ६ पला,बिहान ८ बजेर २० मिनेट उप्रान्त अनुराधा । योग सिद्धि ५० घडि १५ पला । करण बालव,बेलुकी ६ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धाता योग । चन्द्रराशि बृश्चिक ।

काठमाडौंमा सूर्योदय ५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला ।

शुभ अंक — १,५ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् ।

शुभ अंक — २,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ । बिहानी पखको समय मध्ययम रहेकोले आमा वा घर परिवारका सदस्यहरुलाई छोडि यात्रा गर्नु पर्दा नरमाईलो लाग्नेछ ।

शुभ अंक — १,५ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त, साथिभाई तथा घर परिवारका मानिस सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला । प्रेममा सामान्य मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

शुभ अंक —३,७ शुभ दिशा — पुर्व

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै मेहनेत गर्दा पनि सफलता हात लाग्नेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग सम्बन्ध राम्रो बनाउन सकिनेछ । माता पिताको सहयोग पाईने हुनाले अरुभन्दा एक कदम अगाडि बढि काम गर्न सकिनेछ ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बुवा वा बुवा सरहका मानिससँग सहभागि भई उपलब्धिमुलक शिक्षा लिने अवसर जुर्नेछ । समाजसेवामा समय लगानि गर्नेहरुले सोचेजस्तै सफलता पाउने समय रहेकोछ । नया काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

शुभ अंक — ४,६ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

.

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्