जनता आवास , ‘पैसा मिल्न त मिल्छ नी सर…?’



गिरिराज नेपाली
दाङ , २२ चैत । सर घर बन्यो अब सर्र्ने भन्याछम् । साहँुको ऋण तिर्मला र सर्मला भन्या हो । घर बनाउदाँ ढुङगा, गिट्टी, बालुवा सिमेन्ट , छट र टिन सवैै साँहुकै ऋणमा छ । त्यो ऋण फालम्ला घर सरम्ला भन्या हो । हामीसित पैसा छैन । सरकारले दिने पैसा कहिले आउछँ रे सर ? घोराही उपमहानगरपालिका – १७ चौघेराकी ७२ वर्षीय गमि सुनारले पीडाभाव सहितको प्रश्न गर्नुभयो ।

वर्षात पानी चुहिने फुुसको छानो वाट टलक्क् परेको टिनको छानो घर बने पनि आफू त्यो घरमा सर्न नसकेको उहाँले बताउनुभयोे । भित्ता गारो ÷छानोसानो सवै लागि सकेको छ । पैसा नहुदा साँहु ऋण र सुत्ने ठाउँमा ‘पलास्टर’ गर्न नसक्दा नयाँ घर हेरेरै चित्त बुझाउनु परेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो – ‘घरमा छानो बसेको पुसमाघै हो । पैसा नभएर अझै सरेकी छैन । ’ निर्माणको काम सम्पूर्ण पुरा भए पनि घर बनाउदा लागेको ऋणको त्रासले विपन्न व्यक्तिहरुले नयाँ घरमा बस्ने की नबस्ने भन्ने त्रास पैदा भएको पाईन्छ ।

सरकारले पैसा दिन ढिला गरपछि कतै आवास निर्माणको खर्च नपाईने पो होकी भन्ने त्रास विपन्नहरुमा पैदा भएको छ । जसका कारण आवास निर्माण सम्पन्न भए पनि उनीहरु बसोबास गर्न नसकेको सुनारले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सर्कारले पैसा दैन भने , साँहु आएर घर ताल लगाईदिने पो हुन की डरले घर स¥या छैनम । ’

घर नबन्दै घर बनाउनुहोस पैसा दिन्छम भन्नुभयो । घर बनेर पनि पुरानो भईसक्यो । साँहुले व्याज पनि दिनुपर्छ भन्न थाले । दिने पैसा अझै पाईएको छैन । अब के गरम भन्ने भयाछ । घोराही चौघेराका पुरन नेपालीले पनि उही पीडा पोख्नुभयो । पैसा आयो की आइन भनेर सोध्न जाँदा मात्रै धेरै समय र पैसा खर्च भईसक्यो पैसा अझै पाइएको छ । तर अझै पाएको छैनौ उहाँले बताउनुभयो ।

आवास निर्माणका लागि चार किस्ता मध्ये तीन किस्ता लिईसके पनि वाँकी बचेको अन्तिम किस्ताको रकम एक लाख आठ हजार सात सय रुपैयाँ बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सिमन्टी , टिन र छट पैसा तिर्न वाँकी छ । ’ बाटाघाटैे हल्लाउछन साँहुले । अझै पैसा नदिनेभए पसलको गोदाम राख्छौ त्यहाँ भन्छन । ’ पीडा यस्तै विपन्नहरुको ।

समयमा घर बने पनि समयमा सरकाले पैैसा नपाउदा घर बनाउदा लागेको कर्जा कसरी तिर्ने भन्ने चिन्त्ताले विपन्नहरुमा छोएको छ । उहाँले भन्नुभयो –‘ घर बन्यो ऋण तिर्नु छ । पैसा आउदैन , घरमा छैन । ’ के कस्तो गर्ने अलमलमा परेको छौ । बजारको मजदुरीले दुई छाक खान शरिर छोप्न मात्रै ठिक हुन्छ । घरको निकै दुख थियो । त्यो पनि तर समयमा पैसा दिएर ऋण फाल्दिए । राम्रै संगै नयाँ घरमा सुख संग बसौला भन्ने सोच छ । तर के गर्ने पैसा दिदैन । घर तँ बनिसक्यो ।

भर्खरै सम्पन्न तीन तहको निर्वाचनको कारण स्थानीय तह देखी केन्द्रतह सम्म विकासका योजनामा केही प्रभावित हुदाँ जनता आवास कार्यक्रमको विनियोजित रकम भुक्तानी हुन पाउन नसकेको भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले बताउनुभयो । आवश्यक बजेटका लागि मन्त्रालयमा परिपत्र समेत गरिसकेकाले अबको केही समयमा वाँकी पैसा लाभान्वित समुदायको हातमा पुग्न सक्ने उहाँले बताउनुभयो ।

आफुले विपन्न समुदायको पीडा समाधान गर्ने गरी दु्रतगतिका लिखित मौखिक जानकारी गराउने काम जारी राखेको उहाँले बताउनुभयो । तर माथि वाट हुन्छ हुन्छ भन्ने कुरा मात्रै आईरहेकाले ढिलाई भईरहेका उहाँले बताउनुभयो ।

पाण्डेका अनुसार दाङमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका एक सय ७५ घरको एक लाख ८ हजार ७ सय रुपैयाँका दरले एक करोड ९० लाख २२ हजार ५ सय र सल्यानमा ३६ वटा घरको ३९ लाख , १३ हजार २ सय रुपैयाँ लाभान्वित समुदायले पाउन वाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘ सरकारले पैसा दिन नसक्दा हामीले पनि उधाँरोमा काम गराएको जस्तो भएको छ । ’ जसका कारण उपभोक्ताहरु समस्यामा बाँझिनुभएको छ । चालु वर्षमा सञ्चालित कार्यक्रमको पैसा आउन नसक्दा आगामी वर्षमा गरिने कार्यक्रमको पनि सम्पूर्ण काम रोकिएको उहाँले बताउनुभयो । जसले गर्दा विपन्नहरु मारमा पर्ने उहाँको भनाई छ । जसका कारण माथिल्लो तह नै विपन्नका वाध्यतालाई बुझ्नुपर्ने छ । हाल सम्म दाङमा जनता आवास कार्यक्रममो ८ सय ९ घर निर्माण गरिसकेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्