स्वास्थ्य उपचार ‘ढ्याङ–ट्याइले हुन्न ’



गिरिराज नेपाली
दाङ , २५ चैत । उतिबेला न अस्पताल थिए , न डाँक्टर नै हुन्थ्ये , न औषधी गर्न पर्छ भन्ने चेतना थियो । जस कारण वाध्य भएर धाँमी झाँक्रीको भर पर्नुपथ्यो, तर अहिले त्यो बेला छैन । गाउँगाउँमा स्वास्थ्यचौकी खुलेका छन । स्तरिय स्वास्थ्यसवाको विकास हुदै गइरहेको छ । तर अझै पनि कतिपय ग्रामिण भेगमा धाँमीझाँक्रीकै झारफुकको रुढीवादी परम्परा जीवित छ । स्वास्थ्य छन । तर पहिला झारफुक गरेर मात्रै अस्पताल आउने गरेको पाईन्छ । जसका कारण अकालमा कतिपय अझै ज्यान गुमाउनुपर्ने वाध्यता छ । जसको मुख्य कारण नै चेतना अभाव भएकाले अब ‘ढ्याइ टाइले हुदैन भन्ने ’ चेतनाको विकास गर्न अति जरुरीरहेको प्रदेशसभा सदस्य अमर बहादुर डाँगीले बताउनुयो । नेपाल फार्मेसी संघ दाङको प्रथम जिल्ला सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


शैक्षिक योग्यताका हिसावले सामाजिक चेतना स्तर माथि उठे पनि त्यसले रुढीवादी परम्परालाई फेर्न नसक्दा ग्रामिण वस्तीका विपन्न नागरिकहरु अझै पनि धाँमीझाँक्री भरपर्ने गरेको उहाँले बताउनुभयो । नेपाल फार्मेसी संघ दाङको प्रथम जिल्ला सम्मेलनमा आयोजित एक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । सम्मेलन आयोजक समितिका संयोजक रमेश खनालको अध्क्षयता तथा प्रदेशसभा सदस्य अमर वहादुर डाँगीको प्रमख आतिथ्यता एवं नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष अमृत खनालको विशिष्ट आतिथ्यताका शहरी क्षेत्रमा स्वास्थ्य चेतनाको स्तर खुले पनि विपन्न वस्तीमा स्वास्थ्य सेवाको चेतनाको स्तर अझै खुल्न नसकेका उहाँले बताउनुभयो । जसका लागि सामाजिक चेतनाको अभाव रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ अब झारफुक÷धाँमीझाँक्री होईन, अस्पताल जाने चेतनाको विकास गरौ । ’ सवैले आधारभुत स्वास्थ्यको अधिकारको उपयोग गरौ ।

उहाँले औषधी माथिको बढ्दो व्यापारले सर्वसाधरण नागरिक (विरामी)हरु आर्थिक व्ययभार र औषधीको दुरुपयोग बढ्दै गइरहेकाले औषधी माथिको व्यापारलाई नाफामुखी व्यापार नभई सेवामुखी व्यापारका रुपमा विकास गर्नुपर्ने बताएको थियो । औषधी माथिको व्यापारका कारण विपन्नहरु सेवा विमुख हुनुपरेकाले अब त्यो संस्कारको अन्त्य गरिनुपर्ने बताएको थियो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष अमृत खनालले राज्यले स्वास्थ्यक्षेत्रमा उत्पादित जनशक्तिलाई सही सदुपयोग र उपयोग गर्न नसकेका आरोप लगाउनुभयो ।

वर्षेनी जनशक्तिको उत्पादनको दर बढे पनि स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको सकस सर्वसाधरणहरुले खेपीरहेकाले राज्यले जनशक्तिको व्यवस्थापन र सहज सेवाको विकासमा ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘ नेपालमा स्वास्थ्यकर्मिको अभाव छैन , व्यवस्थापनको मात्रै कमजोरी छ । ’ उहाँले औषधी फार्मेसीमा औषधीको नाम चिनेका राखिए पनि त्यसको गुण चिनेका जनशक्ति हुदैनन । जसका कारण सर्वसाधरणहरु अप्ठ्यारो परेको छ । ‘ जहाँ फार्मेसी त्यहाँ फार्मेष्टीस हुनुपर्छ ’ – उहाँले भन्नुभयो । त्यस्तै उहाँले सरकारी अस्पतालमा सेवारत रहेका फार्मेसीहरु औषधी खरिद विक्रिको –कमिशन)को खेल बन्द गरे सर्वसाधरणहरुले सर्वसुलभ औषधी सेवन गर्न पाउने बताउनुभयो । औषधीमाथिको व्यापार माथि वाटैहुने भएकाले यस्तो स्थिति देखीएको उहाँको आशय थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले औषधी निकै संवेदनशील रहेकाले त्यसमा कसैले ख्ल्याक्ची गर्न नहुने बताउनुभयो । औषधी पसल व्यापारका लागि मात्रै नभई सेवाका लागि पनि रहेकाले फार्मेसी पेशालाई जिम्मेवार र संवेदनशील पेशाका रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

उहाँले अनुमती विना सञ्चालन भएका औषधीहरु तत्काल छानविन गरी कानुनी दायरामा ल्याई सर्वसाधरणहरु सुरक्षित सेवाको विकास गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य अजामनि ढकाल र विश्व उपभोक्ता मञ्चका जिल्ला उपाध्यक्ष डा. लोकराज पराजुली लगाएतकाले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण रेखा बुढाले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्