दमकल अभाव ‘शहरमा छन, गाउँमा छैनन् ’



गिरिराज नेपाली
दाङ , २६ चैत । वर्षेनी दाङमा आगलागीका कारण लाखौ धनजनको क्षति हुने गर्दछ । यसवर्ष पनि गर्मीयामको शुरु संगै दाङमा आगलागी घटनाका खबरहरु सुनिने क्रम बढ्दै गईरहेको छ । आगलागी वर्षेनी बढ्े संगै त्यसको नियन्त्रण तथा रोकथामलागि पनि सचेतनाका कार्यक्रमहरु भईरहेका छन । तर आगलागी नियन्त्रणका लागि आवश्यक साधनस्रोतहरुको निकै अभाव छ । जसका कारण आगलागीले वर्षेनी क्षति पु¥याउदै आइरहेको छ । जसले गर्दा कयौ घरवास विहिन हुनुपरेको छ भने अधिकाश बन क्षेत्रको विनाश हुदै गईरहेका छ ।

जिल्लाका दश स्थानीय तहहरु मध्ये घोराही उपमहानगरपालिका ,तलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा एक÷एक वटा दमकलहरु छन । जुसले जिल्लाभर नै सेवा पुु¥याउनुपर्ने वाध्यता छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा भर्खरै खरिद गरिएका दमकल रहे पनि घोराही उपमहानगरपालिकामा भने २२ वर्षे पुरानो दमकलले निकै कष्टकरको सेवा पु¥याउदै आईरहेको छ । पुरानो प्रविधिको दमकल स्वचालित अबस्थामा रहेपनि प्राविधिक सामानहरु बिग्रिएका छन । जसका कारण दमकलमा पानी भर्न निकै अप्ठ्यारो पर्ने गरेको छ । भने विकट र साँधुरा ठाउँहरुमा आवात जावत गर्न मुस्किल पर्ने गरेको दमकल चालक जीत वहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जसोतसो चलेको छ । ’
पुरानो दमकलका कारण सहजै सेवा पु¥याउन नसक्दा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ मा नयाँ दमकल व्यवस्थापनको तयारी समेत शुरु गरेको घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपानेले बताउनुभयो ।

जसका कारण आगलागी वाट हुन सक्ने घटनाहरु सहज छिटो छरितो रुपमा नियन्त्रण गर्न सकिने , हुन सक्ने सम्भावित जोखिम वाट बचाउ गर्न सकिने बताउनुभयो । पुरानो दमकल त्यसमा पनि क्षेत्रभरीमा एउटा मात्रै हुदा अतिआवश्यक सेवा क्षेत्रको साधनस्रोतको अभाव देखिएको उहाँको भनाई छ । गर्मीसंगै आगलागी जस्ता हव्यतव्यका घटनाहरु बढ्दै गईरहेकाले जिल्लाका सवैतहहरुको एक÷एक वटा दमकल तथा अन्य आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न अति जसरी रहेका उहाँको सुझाव छ । उहाँले भन्नुभयो – ‘ शहरी क्षेत्रमा कम्तिमा पनि दुईवटा दमकल आवश्यक छन । ’ ग्रामिण क्षेत्रमा एक÷एक वटा आवश्यक छ । ’ त्यसका लागि सवै तहहरुले आवश्यक नीति योजना निर्माण गर्न आवश्यक रहेका उहाँले बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पनि एक वटा मात्रै दमकल छ । जसले तुलसीपुर क्षेत्र संगै सिङगो पश्चिम क्षेत्रमा सेवा पु¥याउनुपर्ने वाध्यता छ । तर गर्मीयामको शुरुसंगै आगलागी सम्भावनाहरु बढ्दै गईरहेकाले सिङगो पश्चिम क्षेत्रमा कसरी सेवा पु¥याउने भन्ने चिन्ताले उपमहानगरपालिकालाई छोएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले ‘कम्तिमा एक स्थानीय तह संग एउटा मात्रै दमकल व्यवस्था हुने भए यो चिन्ताले छुने थिएन । तर त्यो छैन । आकस्मीक हुने आगलागीका घटना एकै पटक दुईचार ठाँउमा भए कसरी सेवा दिने समस्या टटकारो बनेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘एउटाले दिदै आईरहेको सेवा के हुन्छ र ? त्यसमा गाउँपालिकाहरु नै संवेदनशील बन्नुपर्छ । ’ जसले हुन सक्ने क्षतिलाई न्युनिकरण गरी बचाउन सक्ने छ । जसका लागि एक तह एक दमकलको व्यवस्थापन अति आवश्यक छ ।

लमही नगरपालिकाको व्यथा उही हो । एउटा मात्रै दमकल छ । त्यसले पुरै देउखुरी क्षेत्रभर भ्याउनुपर्छ । देउखुरीका वस्ती प्राय भुसका छाना भएका घनावस्ती (थारुगाँउ)हरु छन । तर प्राय आगलागी देउखुरीक्षेत्रमा हुने गरेको पाईन्छ । तर लमही नगरपालिका संग एएटा दमकल छ । तर सम्रग देउखुरी क्षेत्रमा सेवा पु¥याउन पर्दा केही समस्या देखिएको छ ।

कतै एकै पटक बनमा र गाउँमा आगलागी भईहाल्यो भने गाउँ जोगाउने की , बन जोगाउने भन्ने सोच्नुपर्ने वाध्यताको सिर्जना हुने बताउनुहुन्छ लमही नगरपालिका प्रमुल कुल बहादुर केसी । उहाँले भन्नुभयो – ‘देउखुरी क्षेत्रमा एउटा मात्रै दमकल हुदाँ विगत वर्षहरुमा भएका आगलागीका घटनाहरु केही क्षति बढि भयो की भन्न सकिन्छ । तर सवै तहमा एकएक वटा दमकलको व्यावस्था भए अलिकति भएपनि क्षतिवाट बच्न र बचाउन सकिने उहाँले बताउनुभयो । जसका लागि सवैतहहरु आकस्मकी स्रोतसाधनको व्यवस्थापन तर्फ अग्रसर हुन अति जरुरी छ । उहाँले भन्नुभयो – ‘शहरमा भन्दा गाउँमा अतिआवश्यक सेवा साधनस्रोतहरु व्यवस्थापनको जरुरी छ । ’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्