वडा स्तरिय फुटवल प्रतियोगिता सञ्चालन



सैघाली खबर,
दाङ, २७ चैत्र

घोराही उप महानगरपालिका वडा नम्वर ७ मा वडा स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । युवाहरुको खेलकुद बिकास कार्यक्रम सञ्चालन उपभोक्ता समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । समितिका सचिव सन्दीप चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष खोपीराम चौधरीले गर्नुभएको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद प्रतियोगिताले युवाहरुमा आपसी सद्भाव बढाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेट टेवा पुग्ने बताएका छन । उनिहरुले खेलकुद क्षेत्रको बिकासका लागी राज्यले लगानी बढाउनुपर्ने सुझाव समेत दिएका छन ।

समितिका कोषाध्यक्ष रोशनी घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला फुटवल संघका सचिव नरेन्द्र पुन,वडा सदस्यहरु छन्दबहादुर केसी,सुशिला चौधरी,गोमा नेपाली,सामाजिक परिचालक बिमल योगी लगायतले बोल्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्