आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा



सैघाली खबर,
चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ।
बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन ९आईभीएफ० पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए।
लाओसकी ‘सरोगेट’ आमामार्फत् यी बालकको जन्म गत डिसेम्बरमा भएको थियो। यसबारे ‘द बेइजिङ न्यूज’ले यही साता समाचार प्रकाशित गरेको छ।
यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमा सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको छ।
दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो।
कानुनी प्रक्रियापछि ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए।
समाचारहरूका अनुसार उनीहरूले आफ्ना सन्तानको भण्डारण गरिएका भ्रूणहरू लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुनै नजिर थिएन।
अहिले उनीहरू आफ्नो वंशले निरन्तरता पाउने भयो भनेर उत्साहित छन्।
अन्ततस् सन्तानको भ्रूणमाथि को अधिकार पाए पनि उनअरूले अर्को समस्या झेल्नुपर्‍यो।
नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि त्यसैगरी भ्रूणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण भए मात्रै उनीहरूलाई लैजान दिइने बतायो।
महिलाको कोखमा प्रत्यारोपण गर्न बाँकी भ्रूणबारे यस्तो कानुनी अन्योल कायम रहँदा चीनमा यस्तै अर्को अस्पताल खोज्न निकै कठिन भयो।
चीनमा सरोगेसी गैरकानुनी भएकोले एउटै यथार्थपरक विकल्प भनेको देशबाहिर खोज्नु थियो।
अन्ततस् उनीहरू लाओसमा वैधानिक रूपमा नै व्यापारिक सरोगेसीको सेवा उपलब्ध गराउने संस्थाको सम्पर्कमा पुगे।
कुनै पनि विमानले तरल नाइट्रोजनको बोतललाई लैजान नमानेपछि कारले कार्गो गर्‍यो।
लाओसमा उक्त भ्रूणलई सरोगेट आमाको कोखमा प्रत्यारोपण गरियो र सन् २०१७ को डिसेम्बरमा एक बालक जन्मिए।
‘टियन्टियन्’ नाम दिइएका बालकको नागरिकताबारे जटिलता आउनसक्छ।
किनभने उनी लाओमा नभएर एउटा साधारण पर्यटक भिसामा सरोगेट आमा चीनमा भएका बेला जन्मिएका थिए।
पितृत्वको प्रमाण दिन अभिभावकहरू छैनन्।
चारै जना बाजेबजैले उनलाई रगत दिनुपरेको थियो। त्यो बच्चा आफ्नै नाति भएको र उनका बाबुआमा दुवै चिनियाँ नागरिक थिए भनेर उनीहरूले डीएनए परीक्षण गराएका थिए। बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्