माबि रझेनाको शैक्षिक जागरण अभियान – एक सय रुपैयाँमै मन्टेश्वरी



जनक नेपाली 

के तपाईको नानी स्कुल जाने उमेर भयो ? यदि भयो भने कहाँ भर्ना गर्ने चिन्तामा हुनु हुन्छ ? कि तपाई संग पैसा छैन ? चिन्ता लिनै पर्दैन एक सय रुपैयाँमा आप्mना नानी बावुलाई पढाउँनु होस् भविश्य उज्वल निर्माण गर्नुहोस् ।

मावि रझेनाले शैक्षिक जागरण अभियान अन्तरगत बिपन्न समुदायका बालबालिकाको पढाउँने उदेश्यका साथ यो अभियान सुरु गरेको छ ।

विद्यालयमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विपन्न समुदायका बाल वालिकालाई शिक्षाको मुल धारमा ल्याउँन विद्यालयल यो अभियान सुरु गरेको मावि रझेनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले जानकारी दिनुभयो ।

 

सामुदायिक विद्यालयले पनि मन्टेश्वरी कक्षा सञ्चालन गर्न सक्छन् भन्ने देखाउँन गत माघ ८ गतेदेखि मेरी छोरी भर्ना गरेर मन्टेश्वरी कक्षा सञ्चालन गरेको गौतमले बताउँनुभयो ।पहिलो दिन कोटा पूरा भएपछि माघ ९ गतेदेखि भर्ना बन्द नै गरियो । झण्डै ३० जना बालबालिका राखेर अहिले यो विद्यालयले मन्टेश्वरी शिक्षा दिन थालेपछि अभिभावक र आकर्षित भएको गौतमले जानकारी दिनुभयो ।

नयाँ शैक्षिक सत्र देखि मन्टेश्वरीलाई विस्तार गरेर केजी सम्म पु¥याउने योजनामा छौ गौतमले भन्नुभयो । दिनमा दुइपटक खाजा खुवाइने गरीब बिपन्नका लागि मासिक एक सय रुपैयाँमा मन्टेश्वरमा पढाउँने ब्यवस्था गर्दै आएका छौ उहाँले भन्नुभयो । अनेत्र मन्टेश्वरीका नाममा लाखौ रुपैयाँ उठाउँने काम भएको छ त्यसलाई हामी रोक्न चाहान्छौ भन्नुभयो ।

यस शैक्षिक सत्र देखि कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यमको पठनपाठन गर्न थालेको बताउँनुभयो ।गत बर्ष कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट पठाए पनि अहिले भने पूर्ण मापदण्ड सहितको कक्षा सञ्चालन सुरु गर्ने अन्तिम चरणमा छौ ।

काठमाण्डौमा रहेको ‘पाठशाला’ संग साझेदारी गरेर नयाँ पाठ्यपुस्तक ल्याउँने तयारीमा रहेको वताउँदै
निजी विद्यालय सरह शिक्षा दिन ६ जना विषय विज्ञ शिक्षक भना गर्न थालिएको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष जीवन गौमतले नै निजी बोर्डिङ बाट आफ्नी छोरी झिकेर विद्यालयले शैक्षिक सुधारको पहल थाल्नु भएको छ ।गौतमले माउन्टभ्यू बोर्डिङ स्कूलमा अध्ययनरत आफ्नै छोरीलाई कक्षा ४ मा भर्ना गर्दैहुनु हुन्छ ।

त्यस्तै अहिले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका शिक्षकहरुले पनि पनि त्यहाँबाट निकालेर मावि रझेनामा भर्ना गर्ने तयारी गरेमा रहेको गौतमले जानकारी दिनुभयो ।आगामी बैशाख ३ गते बिशेष भर्ना कार्यक्रम राखेर जिल्ल शिक्षा अधिकारी रमेश मैनालीमार्फत नयाँ विद्यार्थी भर्ना गरिने अध्यक्ष गौतमले गौतमले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्