भर्ना अभियानमा सघाउन शिक्षामन्त्रीको आग्रह



सैघाली खबर
काठमाडौं,२ बैशाख

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियानमा सहयोग र्पुयाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विपन्न, गरिव, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका बर्ग क्षेत्र र समुदायका शिक्षाबाट बन्चित एक जना बच्चालाई विद्यालय पु¥याउने जिम्मा लिन सबैलाई आग्रह गर्नुभयो ।

विद्यार्थीको अविभावकत्व लिनेले एक बर्ष स्टेसनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरे अर्को बर्षदेखि विद्यार्थीको सम्पूर्ण खर्च मन्त्रालयले नै व्यहोर्ने मन्त्री पोखरेलको भनाई छ । मन्त्री पोखरेलले भर्ना अभियान सफल गराउन आगामी बैशाख ५ गतेलाई भर्ना अभियानको विशेष दिवसको रुपमा मनाइने पनि जानकारी दिनुभयो ।

तराईका धेरै बालबालिकाहरु विद्यालय जानबाट बन्चित रहेकाले तराईमा विशेष भर्ना अभियान चलाउने उहाँको भनाई थियो । मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा भर्ना गराउन सरकारले जोड दिएको भन्दै निजी विद्यालयमा भर्ना गराउनेलाई प्रोत्साहान गर्ने जानकारी दिनुभयो । मन्त्री पोखरेलले आफनो तीन महिने कार्ययोजना समेत सार्वजनिक गरेका छन् । जसमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान , विद्यालय पूर्वाधार तथा गुणस्तरिय मापदण्ड , कक्षा १ देखी ३ सम्मको एकीकृत पाठ्यपुस्तक निर्माण लगाएतका विषय समावेश गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्