मुहार फेर्दै तुलसीपुर बजार



सैघाली खबर
दाङं,२ बैशाख
तुलसीपुर बजार अब्यबस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्र्माटी सिटीको नारालाई त्यही अब्यबस्थित बजारले गिज्याईरहेको थियो । आम मतदाताले अब्यबस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । जब तुलसीपुरमा सञ्चालित हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्तरगत ८३ औं हप्ताबाट सडक मिचेर बनाईएका भ¥याङ्, सडक मिचेर राखिएका होर्डिङ बोर्ड, सडक मिचेर बनाईएका पर्खाल भत्काउन शुरु ग¥यो, तब बजारको मुहारमै बदलिन थालेको छ । अहिले बजारमा पहिले जस्तो जहाँ पायो त्यही होर्डिङ छैनन्, सडक मिचेर बनाईएका पर्खाल, भ¥याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ । पैदल यात्रुहरुलाई पनि आवत जावतमा सहज भएको छ, भने गाडि आवत जावतमा पनि सहज भएको छ ।

यही अभियानले गर्दा आम तुलसीपुर बासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरबासीले सहयोग गर्ने गरेका छन् । ‘पहिले बजार कुरुप थियो, अब्यबस्थित थियो’ तुलसीपुर ६ निबासी टोप बहादुर महतारले भने‘ तर अहिले बजार सुन्दर भएको छ ।’ यो कार्यलाई अगाडि बढाउने हो भने बजारले नयाँ रुप लिने उनले बताए । अब उपमहानगरले बिहान तुलसीपुरको बाहिनी चोक र बसपार्कको पिपलबोट नेर हुने तरकारी ब्यबसायलाई पनि ब्यबस्थित गर्न सकै अझै राम्रो हुने उनले बताए । ‘ बजारले मुहार फेर्दै छ’ उनले भने ‘ अब तुलसीपुरको बाहिनी चोक , बसपार्कको पिपलबोट नेर बिहानापख हुने अब्यबस्थित ब्यापारलाई ब्यबस्थित गर्न सके सुनमा सुगन्ध हुन्छ ।’

तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सरोकारवालाको संयुक्त बैठकगरी बजार ब्यबस्थित बनाउन सडक मिचेर बनाईएका अब्यबस्थित संरचना हटाउने निर्णय गरेको थियो । सोही अनुसार ८३ औं हप्ता देखि डोजर लगाएर सडक मिचेर बनाईएका संरचना हटाउन थाल्यो । सम्बन्धि घरधनी तथा ब्यबसायीले अटेर गरेपसि सडक मिचेर बनाएका भ¥याङ, बरण्डा, होेर्डिङबोर्ड हटाउन थालेको हो । सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको तुलसीपुर ५ निबासी उमा राजभण्डारीले बताईन् । ‘ पहिला बजार अब्यबस्थित थियो, फोहर थियो ‘ तर अहिले सुन्दर बन्दै गएको छ ।’

यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरे अनुसारका स्मार्ट सिटी बन्ने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले बताए । ‘ यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ ’ उनले भने ‘ बजारको मुहार बदलिन्छ ।’ उनले ब्यबसाय तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाउन थालिएपछि बजारको सुन्दरता नै बढेको छ । यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्धत पुग्ने बताए ।

तुलसीपुर बजार ब्यबस्थित बनाउन कार्यबिधि बनाएर अगाडि बढेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले बताए । उनले बजारलाई ब्यबस्थित र स्वच्छ बनाउन यो अभियानले मद्धत पु¥याएको बताए । यो अभियानले बजार सुन्दर हुनुका साथै बिभिन्न घटना, दुर्घटना पनि न्यूनिकरण हुने बताए । सडक मिचिएका संरचना हटाउने अभियान थालेपछि बजार सुन्दुर बनेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्