प्रदेश ४ को निति तथा कार्यक्रम सार्वजनिक



सैघाली खबर
काठमाडौं,३ बैशाख

प्रदेशनम्बर ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आजको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले मुख्य पर्यटन उर्जा कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ ।

पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि जोड दिएको छ । सरकारले कोरला पोखरा र पोखरा कोरला सडक निर्माणलाई जोड दिएको छ भने मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ ।नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रि«यस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृति पार्क, विद्युतीय सवारी साधनलाई जोड दिइएको छ । यस्तै सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसको रूपमा मनाइने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्