एमाले माओवादी विवाद मिलाउने जिम्मा दुबै पार्टीको अध्यक्षलाई



सैघाली खबर
काठमाडौं,४ बैशाख

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएको छ । पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्र बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने बिषयमा भने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठकमा चुनाब चिन्हको बारेमा सहमति भएपनि बाँकी विवाद मिलाउने जिम्मा भने अध्यक्षलाई दिईएको रक्षामन्त्री तथा एमालेका महासचिव एवं संयोजन समितिका सदस्य तथा र्ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

एकताका लागि ठूलो विवाद नभएको केही नमिलेका बिषय अध्यक्षले मिलाउने पनि उहाँले बताउनुभयो । दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता नै प्रतिवेदन बुझाएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्