प्रचण्डले दुई बालकको जिम्मा लिने, स्कुल भर्ना गर्न आज आफै जाने



सैघाली खबर,
काठमाडौं ५ वैशाख, ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने भएका छन्। चितवनको मेघौलीमा रहेका अल्पसंख्यक माझी र मुसहर समुदायका दुई बालबालिकाको उनले अभिभावकत्व ग्रहण गर्ने छन्। प्रचण्डले बुधबार चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा नौ वर्षका अरुण मुसहर र पाँच वर्षका पत्रुस माझीलाई विद्यायलय भर्ना गर्ने छन्। उनको अभिभावकत्वमा दुई बालकले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने प्रचण्डको निजी सचिवालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्