आर्थिक समृद्धिका लागि सत्तापक्ष प्रतिपक्ष मिल्ने पर्छः कांग्रेस नेता सिंह



सैघाली खबर
काठमाडौं,६ बैशाख

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसका अवसरमा आज काठमान्डुमा भएको कार्यक्रममा बोल्दै उहाँले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारको भएपनि प्रतिपक्षको भुमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिको चाहना पूरा गर्न नेपाली कांग्रेस अगाडी बढिसकेको बताउनुभयो । सरकारमा जानु कुनै नौलो कुरा भएको बताउँदै उहाँले राजनितिक उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानु पर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्