प्यूठान
९ असार
आसन्न निर्वाचनको लागि नेपाली कागे्रसको प्रचारप्रसारमा हिडेको लु १ च ३०९७ नं।को पिकअप जिप बिहिवार दुर्घटना भएको छ । प्यूठान नगरपालिका ३ दैले सिमलमा उक्त जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी प्यूठान नगरपालिका ३ का कागे्रसका उम्मेदवार मिन बहादुर खड्का सहित सुरेश विक, धनबहादुर गोतामे शान्त बहादुर खड्का सुनिता सापकोटा, रेसम गन्धर्व, सुरेश सुनार, ज्ञानु सापकोटा र मिन बहादुर खड्का रहेका छन् ।
उनिहरुको प्यूठन जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । घाइतेहुनेहरु सम्पुर्ण नगरपालिका वडा नं। ३ को रहेका छन् । उकालोमा व्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले प्यूठानले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।