दुई महिनामा चार बाघ मरे



सैघाली खबर,
चितवन९ बैशाख । सौराहा नजिकै राप्ती किनारमा आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको अनुमान गरिएको छ । बिहान स्थानीय सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । ‘साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौँ, अनि फर्किएर खबर गरेको’ घटनाबारे गुरौले भन्नुभयो । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो ।रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्