कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आजबाट सुरु



सैघाली खबर
काठमाडौं,९ बैशाख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टी नेतृत्वको आलोचना भएको छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

गुरुङले बैठकमा भन्नुभयो, ‘मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्ताव गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट मन दुखित छ । निर्वाचनमा पराजय भोग्नु पार्टीको नीति, कार्यकशैली वा नेतृत्वको असक्षमताका के कारणले भएको भन्ने समीक्षा हुनुपर्नेमा गम्भीरता नदेखिएको उहाँले बताउनुभयो ।

पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिदै कहिले उग्रबामपन्थीसँग र कहिले उग्रदक्षिणपन्थीसँग साथ लागेकोमा उहाँले आलोचना गर्नुभएको छ । बैठकमा प्रदीप पौडेलले पनि सभापति देउवाको आलोचना गर्नुभयो । भोलि बिहान साढे ८ मा बस्नेगरी बैठक आजलाई सकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्