दोभानद्धारा बृद्धबृद्धालाई फलफूल वितरण



सैघाली खबर,
तुलसीपुर, १० वैशाख ।

दोभान सांस्कृतिक कला पुञ्ज तुलसीपुरले बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ । पुञ्जले शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको हो । बृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजमा रहेका ज्येष्ठ नागरिकलाई कला पुञ्जका नृत्य निर्देशक सरोज रेग्मीको नेतृत्वको टोलीले त्यहाँ पुगेर फलफूल वितरण गरेको हो ।

शनिवार सकिएको प्रदेश नं. ५ टपवान डान्सिङ एण्ड सिंगिन स्टार २०७४ फाइनल गरेको अवसर पारेर जेष्ट नागरिकलाई फलफूल वितरण गरेको रेग्मीले जानकारी दिए । शनिवारको प्रतियोगितामा नृत्य तर्फ सुशीला घर्ती, गायन तर्फ एलिना एरी प्रथम भएका थिए । प्रतियोगिता अन्तरगत ज्येष्ठ भोटिङ अवार्ड भने आरधना गुप्ताले जितेकी थिइन ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्