बम विस्फोट गराउनेलाई तत्काल कार्वाही गर्न आग्रह



सैघाली खबर,
काठमाडौं ।– निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट गराउनेलाई तत्काल कार्वाही गर्न आग्रह गरेको छ। त्यसैगरी प्रमुख आयुक्त तथा आयुक्तहरुको सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह समेत गरेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विस्फोट भएको भन्दै सुरक्षाका लागि आग्रह गरेको हो। आइतबार बेलुकी साँझ ८ बजे प्रमुख निर्वाचन आयुक्त यादवको ललितपुर धापाखेल घरमा बम विस्फोटबाट क्षति पुगेको भन्दै दोषीलाई कार्वाही गर्न आग्रह गरेको छ।

‘ललितपुर स्थित निजी निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ’ आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटनबाट निजी निवासको पर्खाल, झ्याल, ढोका लगायतमा क्षति पुगेको छ।’

भर्खरै मात्र तीन तहका निर्वाचन लगायतका सम्पूर्ण निर्वाचन सकिएको छ। ‘चुनाव सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको दुखद घटनाबाट आयोग परिवार स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन र घटनाको यथाशिघ्र छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न आयोग सरकारसँग हार्दिक आग्रह गर्दछ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्