गगन थापाद्वारा विशेष महाधिवेशनको माग



सैघाली खबर
काठमाडौं,११ बैशाख

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीलाई जिवन्त राख्न विशेष अधिवेशनको माग गर्नुभएको छ । जारी केन्द्रीय कार्य समितिको आजको बैठकमा लिखित धारणा राख्दै उहाँले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिनुभएको हो ।

५१ पाना लामो लिखित सुझाव दिनुभएका थापाले विधान अनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष समय लाग्ने भन्दै यस्तो माग गर्नुभएको छ । थापाले सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लजास्पद हार बेहोरेको बताउनुभयो ।

पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको उहाँले बताउनुभयो । थापाले पार्टी सभापति देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक बर्हिगमणको बाटो रोज्न पनि सुझाउनुभएको छ ।

यसैवीच आजको बैठकमा केन्द्रीय सदस्य प्रदिप गिरी, सीता गुरुङ र किशोरसिंह राठौरले धारणा राख्नुभएको पार्टी कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्