अवैध ढुंगा,गिटटी ओसार–पसारमा संलग्न टिप्पर र टेक्ट्रर नियन्त्रणमा



सैघाली खबर
दाङ १३ बैशाख जिल्ला समन्वय समिति दाङले अवैध रुपमा ढुंगा, बालुवा गिटटी उत्खन गर्दै गरेका १३ वटा टिप्पर र टेक्ट्ररलाई विहीबार नियन्त्रणमा लिएको छ । ग्वारखोलावाट ७ वटा टिप्पर, भम्केखोलावाट १ टिप्पर र २ वटा टेक्ट्रर र घोराही क्षेत्रमा चोरीका ढुंगा बोकेका ३ वटा टेक्ट्रर नियन्त्रणमा लिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए । नियन्त्रमा लिएका सवारी साधन प्रहरीलाई जिम्मा लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा विहीवार अनुगमनमा गएको टोलीले बन्द गरेका खोलाहरुमा अवैध रुपमा गिटटी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा फेला पारेको थियो ।

 

जिल्ला समन्वय समितिले केही दिनेदेखि अनुगमनलाई प्रभावकारी बनाएको छ । विहीवार टोलीले ग्वारखोला, भम्के खोलामा अनुगमन गरेको थियो । त्यसैगरेर बुधवार पनि राप्तीपुलदेखि माथि राप्तीनदीवाट अवैध रुपमा गिटटी बालुवा उत्खनन गर्दै गरेका सात वटा टेक्ट्रर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका टेक्ट्ररलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ ।

बबईबाट ढुंगा नियन्त्रणः यसैविच अनुगमन टोलीले ववई गाउँपालिका ७ मा अवैध रुपमा संकलन गरेर राखिएको २ हजार ३ सय घन मिटर ढुंगा पनि जफत गरेको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख नेपाली, उप्रमुख श्रीधरशर्मा पौडेल, समन्वय अधिकारी कृष्णप्रसाद गौतम, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारी र इञ्जिनियर थमप्रसाद पाण्डेको सहभागिता थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्