कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित



सैघाली खबर
काठमाडौं, १४ बैशाख

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कार्यसमितिले गर्ने निर्णयमा सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सीआइएनलाई जानकारी दिनुभयो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन हारको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आफ्नो अडान दोहो¥याउनुभयो ।

उहाँले पार्टी सभापतिको कार्यशैली र गलत निर्णय नै निर्वाचन हारमा प्रमुख कारण देखिएको बताउँदै आफूमाथि लगाइएको प्रश्नमा जवाफ समेत दिनुभएको थियो । पौडेलले पार्टीमा सबैभन्दा अघि पार्टी सभापति देउवाले एक पद एक व्यक्तिको मुद्दा उठाएको भन्दै त्यसको पालना किन नगरिएको ? भन्दै प्रश्न गर्नुभएको थियो

। पौडेलले विधान विपरीतका दुई समिति विघट्नको माग समेत गर्नुभएको छ । यस्तै कांग्रेस नेता बिजयकुमार गच्छदारले आफू कांग्रेसमा प्रवेश गरेदेखि पार्टी विभाजन, संघीय समाजवादी फोरममा प्रवेशदेखि आफ्नै नेतृत्वमा गठन भएको फोरम लोकतान्त्रिक पार्टीको स्थापना समेतको इतिबृति बैठकमा प्रस्तुत गर्नुभएको थियो । कांग्रेसमा विलय बन्दा भएको समझदारीको मर्मअनुसार तत्कालीन फोरम लोकतान्त्रिका नेता तथा कार्यकर्ताको समायोजनको प्रस्ताव समेत गच्छदारले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्