देशमा अब भ्रष्टाचार नहुने प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
झापा ,वैशाख १८

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक देशमा भ्रष्टाचार नहुने बताउनुभएको छ । बहिर सदाचारको कुरा गरेर भित्रभित्रै कमिसनको खेल चलिरहेको भन्दै उँहाले अब भ्रष्टचार रहित समाज निर्माणमा लाग्नु पर्ने बताउनुभयो । जिल्ला समन्वय समिति झापाको जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबी समाप्त पार्ने सोचमा सरकार लागेको बताउनुभयो । उँहाले कोही पनि शिक्षाबाट बञ्चित हुन नपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको बताउनुभयो । गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउन जनप्रतिनिधिलाई उहाँले निर्देशन दिनुभयो ।

अपाङ्गता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था सरकारले मिलाउने उहाँको भनाई छ । उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट वञ्चित भए देशले उन्नति गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्