एयरपोर्टबाट सुन बाहिर ल्याउने तरिका



काठमाडौँ — हराएको भनिएको तस्करीको ३३ केजी सुनको अनुसन्धान गर्न गठन गरेको विशेष समीतिले बयान लिएका प्रतिवादीबाट तस्करीको सुन कसरी काठमाडौं आईपुग्थ्यो भन्ने तथ्य खुलेको छ ।

संगठित तस्करको समुहले फ्लाई दुबई र थाई एअरलाईन्समार्फत दुबईबाट सुन ओसारेको तथ्य अनुसन्धानले देखाएको छ। दुबईबाट आउने सुन मुख्यत: दुई तरिकाबाट विमानस्थलबाट बाहिरिने गरेको देखिन्छ।
पहिलो तरिका भनेको विस्कुट आकारको सुन विमानभित्रको ट्वाईलेटमा हाल्ने र फ्लस गर्ने। उक्त सुन विमान ल्याण्ड भएपछि सफाई मजदुरको रुपमा जाने कर्मचारीले ट्वाईलेटको दिसा पिसाब जाने पाईन खोलेर दिसा पिसाब सफा गर्ने भाडोमा राखेर बाहिर ल्याउने।
दोस्रो तरिका भनेको विमानभित्र झोलामा राखेर ल्याइएको सुन विमानबाट ओर्लिने क्रममा प्रयोग हुने भऱ्याङयुक्त गाडी (ऱ्याम) को माथिल्लो भागमा बनाएको प्वाल भित्र खसाल्ने। यसरी खसालिएको सुन भऱ्याङको तल्लो भागमा गएर जम्मा हुन्थ्यो। यात्रुहरु ओर्लिसकेपछि ऱ्यामयुक्त गाडी पार्किङमा लगिन्थ्यो। सिसिटिभीको कभरेज नहुने उक्त क्षेत्रमा राती भऱ्याङबाट सुन निकालेर बाहिर निकालिन्थ्यो।
विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाको बयानको सम्पादित अंश:
२०७४ बैशाख–जेठ तिरको कुरा हो। विमानस्थलमा संगै काम गर्ने कर्मचारी प्रेमलाल चौधरी र राजु मर्हजनको थाई एअरलाईन्समा काम गर्ने सानु बनसंग कुरा भएको रहेछ। प्रेमलालले फ्लाई दुबईको जहाजबाट प्यासेन्जरले सुन दिलएर आउन र सो सुन राजु मर्हजनले गाडीमा हालेर ल्याएपछि तपाई र म भएर लानुपर्छ भने।
उनले त्यसवापत ५० हजार दिन्छु भनेपछि मैले सहमति जनाएँ। प्रेमलाल र राजुले मलाई एकदिन एअरपोर्ट बाहिरको होटलमा लगेर चुडामणि उप्रेतीसँग चिनजान गराए। त्यसपछि मैले काम सुरु गरें। ०७४ जेठ २०–२१ गतेतिर प्रेमले राती १८:३० बजेको समयका दुबईबाट आउने जहाजमा सुन आउँदैछ तपाईले भने अनुसार गर्नु भने। विमान ल्याण्ड भएपछि उक्त विमानमा आएको प्यासेन्जरलाई राजु मर्हजन र मैले नेपाल एअरलाईन्सको बसमा लिएर ह्यागंर तिर गए।
त्यतिबेला सल्लाह अनुसार म र प्रेम ह्यागंरमा कुरेर बसेका थियौं। राजुले बस हामी भएको ठाउँमा ल्याए। सानो प्लास्टिकको झोला दिए। उक्त झोलामा एक केजीका तीन पीस सुन थिए। मैले सुनका पिसहरु प्लास्टिकबाट निकालें र कम्मरको भागमा लुकाएँ। हामी डोमेस्टिक गेट नजिक आयौं। प्रेमले खै कसलाई हो फोन गरे। त्यसपछि प्रेमले भने अनुसारको सेन्ट्रो गाडीमा सुन राखेर हामी अफिस फर्कियौं।
प्रेमले यसरी सुन ओर्सान सहयोग गरेबापत भोलीपल्ट ५० हजार रुपैया दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्