ग्यारेजमा थन्काइएका गाडीको विवरण संकलन सुरु



सैघाली खबर
काठमाडौं, २१ बैशाख

सरकारले ग्यारेजमा थन्काइएका गाडीको विवरण संकलन सुरु गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनाल नेतृत्वको टोलीले भक्तपुरका विभिन्न स्थानमा अनुगमन गरेर विवरण संकलन सुरु गरेको हो । सिन्डिकेट तोड्ने सरकारको निर्णय विरुद्ध मुलुकभरका यातायात व्यवसायी सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएपछि सरकारले ग्यारेजमा राखिएका गाडीको समेत लगत संकलन थालेको हो ।

ती गाडीको रुट परमिट खारेज गर्ने सरकारको तयारी छ । पहिलो चरणमा लोकन्थली, कौशलटार लगायतका स्थानमा ग्यारेजमा थन्काइएका गाडीको विवरण संकलन गरीएको अनुगमनमा खटिएका निर्देशन खनालले जानकारी दिनुभयो । भक्तपुर पछि काठमाडौंको अन्य स्थानमा पनि अनुगमन हुने विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्