एक दिने नेपालबन्द फिर्ता –जन जीवन सामान्य बन्दै



दाङ,२२ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले गरेको एक दिने नेपाल वन्द बेलुका ५ बजेपछि फिर्ता भएको छ । बन्द फिर्ता भएसंगै दाङको जनजीवन सामान्य बन्दै गएको छ । बजारका लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत संचालनमा आएका छन् ।सर्वसाधारण समस्यालाई ध्यान राख्दै वेलुका ५ बजेपछि बन्दा फिर्ता लिएको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिनुभयो । बन्दका कारण

का कारण दाङको जनजीवन प्रभावित भएको छ। बन्दका कारण यातायात, कलकारखाना, बजार ठप्प रहेका थिए ।फाट्टफुट्ट रुपमा मात्रै साना सवारी साधान सञ्चालनमा आएका छन्। यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेकपाका दुईजना कार्यकर्ता पक्राउ गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १६ निवासी २० बर्षीय अर्जुन सुनार र तुलसीपुर १५ निवासी १७ बर्षीय जनार्दन बोहोरा पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटोले जानकारी दिए।उनीहरुलाई शुक्रवार साँझ मसाल जुलुस प्रदशनको क्रममा तुलसीपुरवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्