२८ लाखमा विक्री भयो ट्रम्पको नांगो मूर्ती (फोटो फिचर)



अमेरिका – सन २०१६ को राष्ट्रपति चुनावमा बेला एकजना कलाकारले तत्कालिन उम्मेदवार डोनाल्ड ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए। ट्रम्पको सो मूर्तिको हाल लिलामी भएको छ । ट्रम्पको त्यस नांगो मूर्ति २८ हजार डलर अर्थात् झण्डै २८ लाख नेपाली रुपैयाँमा बिकेको छ ।

उक्त मूर्ति त्यतिबेला न्युयोर्कको चर्चित पार्क लगायतका ४ ठाउँमा राखिएको थियो । त्यस समयमा मानिसहरुले उक्त मूर्तिबाट निकै मज्जा लिएका थिए र धेरैले मूर्तिसँग सेल्फीपनि खिच्न भ्याएका थिए । ती चारमध्ये तिनवटा मूर्ति त तोडफोड भैसकेको छ र बचेको एउटा मूर्तिको हालै लिलामी भएको हो ।

उक्त मूर्ति लस एन्जल्सको ४६०० ब्लकस्थित हलिउड बुलेवार्डमा कडा सुरक्षाबीच राखिएको थियो । जुलियस अक्सन्सले बुधबार घोषणा गरे अनुसार लस एन्जल्सको एक लिलामीमा उक्त मूर्ति बिकेको हो । उक्त मूर्तिमा ट्रम्पको भुँडी निकै ठूलो देखिन्छ । मूर्ति ज्याक बेगेन्सले खरीद गरेका हुन् । मूर्ति जिन्जर नामक कलाकारले बनाएका हुन् । सन् २०१६ मा उनले वासिंटन पोष्टलाई बताए अनुसार मूर्ति माटो र सिलिकनबाट बनेको छ । साथै यसको तौल ८० पाउण्ड रहेको छ । एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्