लागु औषध चरेस सहित दुईजना पक्राउ



सैघाली खबर
बैतडी , २५ वैशाख । प्रहरीले लागू औषध चरेससहित दुईजनालाई बैतडीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडीका २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णाका गणेशदत्त भट्ट रहेका छन् ।

भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उनले बताए । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्