वडाद्धारा महिलाहरुको लागि लोकसेवा कक्षा



सैघाली खबर
दाङ,२६ बैशाख

घोराही उपमहानगरपालिका वडा नं।५ धर्ना महिलाहरुको क्षमताअभिवृद्धिका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवा तयारी कक्षाको बुधवार एक कार्यक्रमका विच घोराही उपमहानगरपालिकाकी उपमयेर सिता न्यौपानेले उद्घाटन गरेकी हुन ।
कार्यक्रमको उद्घाटन गर्दै न्यौपानले लोकसेवाको तयारी कक्षाले महिलाहरुको क्षमताअभिवृद्धिसँगै रोजगारीका अवसर सृजना गर्ने बताईन ।

व्यक्तिगत रुपमा अधिकांस मानिसहरुले पैसा खर्च गरेर लोकसेवाकालागि तयारी कक्षा लिईरहेको अवस्थामा वडा कार्यालयले महिलाहरुको लागि कक्षा सञ्चालन गर्नु महत्वपुर्ण अवसर भएको बताईन । साथै उनले अवसरलाई सदुपयोग गर्न समेत तालिममा सहभागीलाई आग्रह गरेकी थिईन । त्यस्तै जिल्ला समन्वय समिति दाङका सदस्य लोकाकुमारी विकले वडाले महिलालाई क्षमतावृद्धिकालागि नविन कामको सूरुवात गरेको बताईन । महिलालाई आत्मनिर्भर बनाउनका विभिन्न समयमा यस्ता खालका कार्यक्रमहरु निरन्तर हुन आवश्यक रहेको समेत उनको भनाई थियो ।

वडा अध्यक्ष दाहालले लोकसेवा तयारी कक्षासँगै महिलाहरुको क्षमताअभिवृद्धिकालागि वडाले आगामी दिनहरुमा समेत अन्य तालिमहरु पनि सञ्चालन गर्ने जानकारी दिए । घोराही उपमहानगरपालिकाको सहयोग तथा क्रियटिभ समूह नेपालको आयोजनामा सञ्चालित तयारी कक्षामा वडा नं। ५का २० जना महिलाहरुको सहभागिता रहेको छ । क्रियटिभ समुह नेपालका सञ्चालक माधव पोख्रेलको स्वागत मन्तव्यवाट सुरुभएको तालिमको सञ्चालन वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।तालिम एक महिलासम्म चल्ने सञ्चालक पोख्रेलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्