मोदी नेपाल भ्रमणमा रहेका बेला जनकपुरलाई भारतमा गाभ्न सांसदको यस्तो प्रस्ताव



काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसदले भने जनकपुर भारतको भूमि भएको भन्दै यसलाई भारतमै गाभ्न माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भएको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका हुन् ।

सांसद आजादले ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय वर्ष पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपाललाई दिएको थियो समाप्त भएको छ। मिथिलाको यस भागलाई फिर्ता लिएर सीता माताको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’

उनले ट्वीटमा विहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत मेन्सन गरेका छन् । उनको यो ट्वीटसँगै सामाजिक संजालमा नयाँ तरंग पैदा भएको छ । ट्वीटरमा नेपाली र भारतीयबीच विवाद बढ्न थालेको छ । यतिसम्म कि भारतीयहरुले जनकपुर आफ्नो भएको दावी गर्न लागका छन् । पहिले मोदीको पार्टी भाजपामै रहेका कीर्ति आजाद २०१५ मा भाजपाबाट निष्काशित भएका हुन् । उनी यसअघि बीजेपीकै तर्फबाट लोकसभा र विधानसभा सदस्य रहिसकेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्