निर्वाचनको पूर्ब सन्ध्यामा दाङमा बम आतंक



दाङ, असार १३

अमिता चौधरी

bomb112
तुलसीपुरका विभिन्न ३ स्थानमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको घरमा, तुलसीपुर कै विपि चोक र अरनिको मैदानको समिक्षालयमा भेटिएको बम गएराती नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
अरनिको मैदानमा भोली हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ ।
त्यस्तै घोराहीको ट्राफिक चोक र माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवारको घरमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनु भएको छ ।
निर्वाचन विरोधी गतिविधी गर्दै आएको विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले सो बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यसै विच, निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्यूनिष्ट पार्टिले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण दाङ सहित दोश्रो चरणको निर्वाचनहुने जिल्लाहरुमा प्रभावित भएका छन् । बन्दका कारण विहानै देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेका छैनन भने बजार, उद्योगहरु पनि संचालनमा आएका छैनन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्