तुलसीपुरमा मेयर कप फुटबल हुने



दाङ ३० वैशाख । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडा स्तरिय पुरुष फुटवल र दाङ्ग जिल्ला स्तरिय महिला फुटवल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ । उपमहानगरपालिकामा वसेको वैठकले प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो । उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले खेल र खेलाडीको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गर्न थालेको मेयर कप प्रतियोगिताका संयोजक अमर नेपाली माइकलले जानकारी दिए ।


प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका पुरुष खेलाडी र जिल्ला भरका महिला खेलाडीहरुले भाग लिन पाउने पनि संयोजक नेपालीले वताए । उनले प्रतियोगितामा भाग लिनका लागि वडाको सिफारिससँगै सम्वन्धित वडाको वासिन्दा भएको कागजात पेस गर्नुपर्ने प्रावधान रहेको जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठले जानकारी गराए ।

तुलसीपुरको अरनिको मैदानमा हुने खेलमा सहभागिताका लागि उपमहानगरपालिकाले आव्ह्वान समेत गरेको छ । प्रतियोगिता सञ्चालनका लागि वैठकले विभिन्न जिम्मेवारी वाँडफाँड समेत गरेको छ । प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले खेल र खेलाडीको संरक्षण र प्रवद्र्धन गर्नका लागि मेयर कप सञ्चालन गर्दै आएको मेयर कप प्रतियोगिता आयोजक समितिका सदस्य दिपक कुमालले जानकारी दिए । कुमालका अनुसार यसै आर्थिक वर्षमा अन्य प्रतियोगिताहरु समेत उपमहानगरपालिकाले आयोजना गर्ने भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्